स्वागतम्

यस पृष्ठमा पौडेल परिवार तथा उनीहरुको वंशज को जानकारी समावेश गरिएको छ ।

नयाँ पुस्ताहरूलाई पारिवारिक इतिहास र परिवारका सदस्यहरूको बारेमा थप जान्नको लागि यसले यसले मद्दत गर्नेछ ।

बंशावाली: वि.सं  १८००  देखी आजसम्म

इतिहासका प्रमुख घटनाहरू

आजको अवस्था सम्म आइपुग्न विभिन्न घटनाहरुको योगदान छ । थुप्रै स्रोतहरु आध्यान गरि हामीले ती घटनाहरुलाई श्रृंखलाबद्ध रुपमा प्रस्तुत गरेका छौ । विस्तृत जानकारीको लागी  इतिहास  पृष्ठमा जानुहोला ।

प्रारम्भ

जगतको सृष्टिकर्ता ब्रह्मका दस छोरामध्ये आत्रि एक थिए र यीनै आत्रिका सन्तानलाई आत्रेय गोत्र भनिन्छ

सन् ९९६

आत्रिका सन्तानहरु युग- युगान्तर पार गर्दै सन् ९९६ पछि भारतमा बसोबास गरेका थिए भन्ने इतिहास छ

१० औं शताब्दी

राजा विक्रमादित्यका सन्ततिहरुले मलवामा सिमित रहेको राज्य सीमानालाई विस्तार गरेर धारानगरी सम्म ल्याएका थिए र सो ठाउँ वर्तमान समयमा भारतको मध्य- प्रदेशमा पर्दछ

वि.सं. १०५३

पौडेल बंश पुस्तकमा पूर्णप्रसाद नेपालले उल्लेख गरेअनुसार वि.सं १०५३ मा उदय भट्ट गडवाल पौडी आएको भन्ने ईतिहास छ र एघारौं शताब्दीमा उनी धारानगरी वरपर नै बसोबास गर्दथे

११ औं शताब्दी

लुटपाटबाट बच्नका लागि उदय भट्ट धारानगरी सहर छोडेर गङगा तरि स्थित कानपुर हुँदै नेपाल प्रवेश गरेको हुनसक्छ | कानपुर - लखनउ - गोरखपुरको बाटो हुँदै, बुटवल - पाल्पा हुँदै गुल्मी र डोटी राज्य प्रवेश गरेको देखिन्छ

वि.सं. १२४६

पण्डित वत्सराज भट्ट र राजपुतकन्या वसुन्धराका छोरा महाराज कालु थापा आत्रेय गोत्री बगाले थापाका मूलपुरुष मानिन्छन् वि.सं. १२४६ मा डोटीको काँडामालिकामा उनले राज्यारोहण गरेका थिए

१३औ शताब्दी

कालु थापाको छोरा श्रीकृष्णले सिगिदी जग्गामा बसेर सिग्देल भए र श्रीदेवीले पौडी जग्गामा बसेर पौडेल भए | श्री ५ राजेन्द्रको पालामा लिखिएको पौडेल - सिग्देल वंशावलीको अनुसार कालु थापा पुस्ताका व्यक्ति श्रीदेव नै पौडेलको थरको प्रारम्भकर्ता हुन्

१६ औं शताब्दी

ललितपुरका राजा सिद्धिनरसिंह मल्ल बाट विर्ता जग्गा पाई अहिले सिस्नेरी लामाटार भनेर चिनिने ठाउँमा बसेका थिए गोपाल पौडेल

१७औ शताब्दी

गोपाल पौडेलका छोरा विश्वरम्भ पौडेल पनि राजा श्रीनिवास मल्ल बाट दानमा पाएको बिर्ता जग्गामा बसोबसे गरे

वि.सं १७८०

विश्वरम्भ पौडेलका साथ छोरामध्ये एक थिए धनपति पौडेल, जो सरकारी पुरोहित भएका नाताले चंगुमै १५ रोपनी जग्गा लिएर बसोबास गरे

वि.सं १८३३

वि.सं १८३३ मा गएको शक्तिशाली भूकम्पले घर भत्किएपछि धनपतिका छोरा देवनारायण पौडेलपनि चंगुको सरकारी काम गरे बापत पाएको २४ रोपनी जग्गामा घर घडेरी लिएर बस्नु भयो

वि.सं १८९५

राजा रणबहादुर शाहको पालामा ब्राह्मणहरुले खाई-पाई गरि आएको जमिन र बिर्ता खोसिएपछि देवनारायणका छोरा वासुदेव पौडेल चंगु छोडेर काठमाडौंको नयाँगाउँ आइ बस्नुभयो र १८९५ सम्म उहाँ त्यही ठाउँमा बसोबास गर्नुभयो

© 2022 पौडेल-परिवार ™

Designed & developed by Bibhuti Poudyal